काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । उनी पत्नी सीताको उपचारका लागि नेपाल एयरलाइन्सको ११ बजेको उडानबाट मुम्बई प्रस्थान गरेका हुन् ।
प्रचण्ड पत्नी सीताको मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्ट्च्यिूटमा भर्ना गरेर उपचार गरिने परिवारले जनाएको छ । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । अध्यक्ष प्रचण्ड भने बुधबार स्वदेश फर्किने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।




प्रतिक्रिया