मंगलबार थपिए ५२२ काेराेना संक्रमित,५७८ जना डिस्चार्ज

मंगलबार थपिए ५२२ काेराेना संक्रमित,५७८ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ७८ जना डिस्चार्ज भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ। त्यस्तै, काेराेना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९३ पुगेको छ।