स्वास्थ्य मन्त्रालयले भन्योः वायु प्रदुषण बढेकाले मर्निङ वाकमा नजानू

स्वास्थ्य मन्त्रालयले भन्योः वायु प्रदुषण बढेकाले मर्निङ वाकमा नजानू


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

बुधबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पनि नयाँँ भाइरस फैलिँदो क्रममा रहेकाले सचेत रहन आग्रह गरेका छन् । डा. गौतमले काठमाण्डु उपत्यकामा वायु प्रदुषण बढेकाले विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले मर्निङ वाकमा नजान पनि आग्रह गरेका छन् ।

‘मर्निङ वाकमा नजाऔं, फोहोर नजलाइ उचित व्यवस्थापन गर्ने, आवश्यक काम नपरी घरबाहिर ननिस्कौं, मास्कको अनिवार्य प्रयोग गर्न, धुलो धुँवा उड्ने निर्माण कार्य रोकौं । अत्यावश्यक नभई सवारी साधन नचलाउ’, उनले भने ।

मंगलबार वन तथा वातारवण मन्त्रालय अन्र्तगतको वातावरण विभागले काठमाण्डु उपत्यकामा वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढेको भन्दै घर बाहिर निस्कँदा सावधानी अपनाउने आग्रह गरेको थियो ।

काठमाण्डु शहर विश्वका ५० शहरमध्ये सबैभन्दा बढी प्रदुषण हुने शहरमा पुगेको छ । मंगलबार काठमाण्डु विश्वका ५० शहरमध्ये पहिलो प्रदुषित शहर बनेको थियो ।