पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिँदा ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिँदा ६ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५६ हजार १ सय ६१ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १९ लाख ६४ हजार १ सय ६० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ९९ जना पुगेका छन् ।