काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले घरभित्रको झगडा देखाएर घर नै सखाप पारेको आरोप लगाएका छन् ।
आज पार्टीद्धारा काठमाण्डुमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपालले परिवारमा झमेला भयो भनेर घरै समाप्त पार्ने केपी ओलीको प्रवृतिले लोकतन्त्र र संविधान नै धरापमा पर्नेगरी प्रतिनिधिसभा बिघटन गरेको आरोप लगाएका हुन् ।
नेपालले पार्टीभित्र काम गर्न दिइएन, हात खुट्टा बाधियो त्यसकारण अब देखाइदिन्छु भन्ने ओलीको प्रवृतिले सबै पार्टी र सिङ्गो मुलुकलाई दुःख दिएको बताए ।
‘पार्टीभित्र काम गर्न दिइएन, धेराबन्दीमा पार्न खोजियो देखाइदिएँ । न प्रतिनिधि सभा रहन्छ म मलाई गिराउँछन् भन्ने हिसावले उहाँले संविधान विपरीत काम गर्नुभयो । घरमा झमेला भयो भन्दैमा घर नै भत्काइदिने ?,’ उनले प्रश्न गरे ।




प्रतिक्रिया