प्रतिनिधिसभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ? मुख्यमन्त्रीले दिए यस्तो जवाफ

प्रतिनिधिसभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ? मुख्यमन्त्रीले दिए यस्तो जवाफ


काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनबारे आत्मसमीक्षा गर्न नेताहरुलाई सुझाव दिएका छन् ।

पार्टी विभाजनको अवस्थामा पुगेपछि केपी ओली नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेको मुख्यमन्त्री पोखरेलले झण्डै दुई तिहाईको उपस्थिति रहेको प्रतिनिधिसभाले आफ्नो सान्र्दभिकता कसरी गुमायो ? त्यसको जवाफ खोज्न नेताहरुलाई सुझाव दिएका हुन् ।

त्यस्तै मुख्यमन्त्री पोखरेलले सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले र सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनाले अहिलेको अवस्था आइपरेको बताएका छन् ।

‘विधेयकका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागिय मन्त्रीले नै असहमती राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनुले । सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलिय अनुशासन भन्दा वाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनाले’, उनले भनेका छन्, ‘पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको मागगर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्तागर्न जानुले, पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा संसदिय पद्धति र परम्परा विपरित अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नाले ।’

पार्टी एकता भएको लामो समयसम्म पनि पूर्वसमुहका संसदीय दललाइ एकिकृत गर्न तयार नहुनाले प्रतिनिधिसभा भंग हुन पुगेको बताएका छन् ।

त्यस्तै उनले पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्ष केपी शर्मा ओलीका विरुद्धको गंभीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आधार तथा कारण वन्न पुुगेको स्पष्ट पारेका छन् ।

‘प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफुहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि’, उनले सुझाव दिँदै भनेका छन् ।