राजधानीमा मैथिली खानाको प्रदर्शनी

राजधानीमा मैथिली खानाको प्रदर्शनी


काठमाण्डु – कला, साहित्य र संगितमा निकै धनि मिथिला क्षेत्रको मौलीक खानापान प्रवर्दन गर्ने उदेश्यले सो क्षेत्रको विविध परिकारहरुको बुधबार राजधानीमा प्रर्दशनी गरिएको छ ।

मिथिला क्षेत्रमा अतिथिलाई सत्कारमा पस्किने मड्का चियादेखि विदाईमा डेजर्टका रुपमा खुवाईने पान सम्मका परिकारलाई ललितपुर सातदोबाटोस्थित आइएचएम कलेजमा सेफहरुले पस्किएका छन ।

नेपाली मौलिक खानापानको प्रवर्दनमा काम गर्दै आएको आइ एम विथ सेफको आयोजना तथा आइएचएम कलेज र हस्पिटालिटि गाइड्सको सयुक्त आयोजनामा बिज्ञ सेफहरु पशुपति पौडेल, महेश साह, सतिस महतो र बिकास डंगोललगायतको टिमले मिथिलाको मौलीकता झल्कने गरि मड्का चिया, बगिया, तरुवा, बथुवाको सागको सुप, मिथिला थालि सेट, आँपको अचार, आलु चोखा, लगायतका परिकारहरु पस्कीएका थिए ।

सेफ एसोसिएसन अफ नेपाल क्यानका संस्थापक अध्यक्ष पुष्प थापा मगर, मिथिला सस्कृतविद् धिरेन्द्र प्रेमर्सी, कलाकार अजित शाह, आर एण्ड डि सेफ सन्दिप खत्री, आइएचएम कलेजका सिइओ सुराच प्रसाईले भिथिलाको मौलीकता र पहिचानसँग जोडिएको खानाको प्रदर्शनीले समग्र नेपाली खानाको बजारीकरणमा प्रोत्साहन पुग्नेमा जोड दिए ।

सेफ पुष्प थापा मगरले मिथिलाको मौलीक खाना, मिथिला क्षेत्रको मात्रै नभएर सिंगो नेपालकै परिचय भएको भन्दै आफुहरुले यसको प्रवर्दनमा बिशेष भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

मिथिला सस्कृतबिद प्रेमर्सीले मिथिला क्षेत्र परापुर्व कालदेखि नै सस्कार र सत्कारमा सधै अघि रहेपनि आर्थिक बिपन्नता र खानापान प्रवर्दनको महत्व बुझ्न नसक्दा सधै पछि परेको बताए ।

त्यस्तै नेपाली मौलिक खानाको प्रवद्र्धनमा सक्रिय सेफ खत्री मिथिलाको खानापान मल्ल राजा र मिथिला राजाहरुबीचको पारिवारिक सम्बन्ध जत्तीकै पुरानो रहेको भन्दै खानासँग जोडिएको मिथिलाको कला र सस्कृति निकै सम्पन्न रहेको बताए ।

 

त्यस्तै आइएचएम कलेजका सिइओ प्रसाईले सेफ सन्तोश साहले बिबिसि मास्टर सेफको बिश्वमञ्चमा मिथिला र समग्र नेपाली खाना पस्किदा आज बिश्व समुदायले नेपालको खाना र सस्कृतिको बिबिधता बुझेको भन्दै हरेक क्षेत्र र ब्यक्तिले सकारात्मक सोच र सेवाको भावनाले खानापान प्रवर्दनमा रचनात्मक भुमिका निर्वाह गर्नपर्ने धारणा राखे ।

ग्लोबल नेप्लिज सेफ फेडेरेसनका महासचिब मोहन गजुरेलले सिटिइभिटिले नेपाली मौलीक खानाको अध्ययनबारे कोर्ष नै तयार गरिरहेको जानकारी दिदै अब विभिन्न बिश्वबिद्यालयहरुले पनि आफ्ना एकेडेमिक कोर्षहरुमा १ सय २८ जातिका मौलीक खानापान बारेको अध्ययन र प्रशिक्षणसम्बन्धि कोर्षहरु समावेश गर्नुपर्ने आवश्यकता औल्याए ।

खानामाथिको समिक्षा कार्यक्रममा कलाकार अजित साह, सेफ पशुपति पौडेल, सेफ महेश साह, पत्रकार तथा गायीका रुपा झा, पत्रकार अमरेन्द्र यादब लगायतले धारणा राखेका थिए ।