काठमाण्डु – जिल्ला अदालत कैलालीले जबर्जस्ती करणी मुद्धामा सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल रावललाई सफाई दिएको छ ।
जबर्जस्ती करणीको अभियोग दावी नपुगेको भन्दै जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले बुधबार रावललाई सफाइ दिएको हो ।
जिल्ला अदालतले रावललाई सफाई दिएको अधिवक्ता गम्भीर सिंह ऐरले जानकारी दिए । धनगढीकै एक महिलाले आफूलाई जबर्जस्ती करणी गरेको उजुरी गरेपछि रावलविरुद्ध २०७६ माघमा जबर्जस्ती करणीको मुद्धा दर्ता भएको थियो ।
रावल अछाम क्षेत्र नम्बर २ को ख बाट निर्वाचित नेकपाका सांसद हुन् । उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक थिए । रावलले जिल्ला अदालतबाट सफाइ पाए पनि उनीविरुद्ध लागेको मुद्धालाई उच्च अदालतमा पुनरावलोकन गर्ने बाटो भने खुला रहनेछ ।




प्रतिक्रिया