भोजपुरमा कार्यरत अनमी १४ वर्षदेखी बेपत्ता, विभागले सोध्यो स्पष्टिकरण

भोजपुरमा कार्यरत अनमी १४ वर्षदेखी बेपत्ता, विभागले सोध्यो स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले एक जना अनमीलाई स्पष्टिकरण सोधेको छ ।

विगत १४ वर्षदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुस्थित रहेको भन्दै विभागले १५ दिनभित्र स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र मूलपानी भोजपुरमा पाँचौं तहमा कार्यरत अनमी कला सुब्बा २०६३ चैत १ गतेबाट कार्यालयमा अनुपस्थित रहेको विभागले जनाएको छ ।

विभागले समयभित्र चित्तबुझ्दो स्पष्टिकरण नदिएमा स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) (ज) बमोजिम कारबाही गर्ने गर्ने बताएको छ । सुब्बालाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाट हटाउने चेतावनी दिइएको छ ।