काठमाण्डु – राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै बैंकले एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने व्यवस्था गरेको हो ।
यद्यपि राष्ट्र बैंकले महिनामा दुई पटक मात्रै अन्तर बैंक एटिएम प्रयोग गर्दा भने निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । कोरोना महामारीको कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए ।
पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो ।
आज राष्ट्र बैंकले निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ तोकिदिएको छ । यसअघि अधिकतम शुल्क तोकिएको थिएन ।




प्रतिक्रिया