हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौंः सभापति देउवा

हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौंः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको संसदमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

बुधबार राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित अमेरिकी संसदको संयुक्त बैठक बसेका बेला भएको हिँसात्मक झडपमा परेर ४ जनाको मृत्यु भएको थियो ।

बिहीबार ट्वीट गर्दै सभापति देउवाले अमेरिकी कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको बताए ।

‘अमेरिकी कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको छु । सत्ता हस्तान्तरण शान्तिपूर्वक हुनुपर्छ भनेर जनताले बोलिसकेका छन् । हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौं,’ उनले लेखेका छन् ।