संसद पुनःस्थापनाले समस्या समाधान हुँदैनः राजेन्द्र महतो

संसद पुनःस्थापनाले समस्या समाधान हुँदैनः राजेन्द्र महतो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता महतोले संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए । उनलेसंसद पुनःस्थापना र मध्यावधि चुनावदुवै संभ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको बताए ।

‘संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले संभ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ’ महतोले भने,‘स्थायी समाधानगर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ ।’

देशमा संसद पुनःस्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने उनले ठोकुवा गरे । अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको महतोको तर्क थियो । उनले भने,‘बहुराष्ट्रिय राज्य स्थापना गरेपछि मात्र स्थायी समाधान हुन्छ । त्यसपछि जोसुकै प्रधानमन्त्री भए पनि फरक पर्दैन ।’

देशमा मध्यावधी चुनाव हुन्छ भन्ने प्रश्नमाम हतोले भने,‘चुनाव प्रतिगमनकारीको धन्दा हो ।’ महतोले प्रतिगमनको धन्दा नै चलेको बताए । पटक पटकप्रतिगमनहरु भएको उल्लेख गर्दै महतोलेसातपटक संविधान बन्दा पनि समस्या समाधान नभएको बताए । उनले भने,‘सातपटक संविधान बन्दा पनि किन समस्या आयो ?’

देशमा अहिलेको संविधानले प्रतिगमन गरिराख्ने उनले ठोकुवा गरे । उनले किस्ताबन्दीमा संसद पुनःस्थापनाको कुरा गरेर अलमलाउने गतिविधि भइरहेको बताए । उनले पटक पटक बहुलराष्ट्रिय राज्य स्थापनामा जानैपर्ने बताए ।

उनले बहुलतामा नगएसम्म प्रतिगमन भइरहने र गोलचक्करमा देश फसिरहने र आफूहरु बहुराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने अभियानमा रहेको बताए ।

प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएर प्रतिगमन गरेको महतोको भनाई थियो । ओलीको कदमबाट आश्चर्य मान्नुनपर्ने उनले बताए । उनले भने,‘प्रतिगमनकारी संविधान बनाएका थिए, ओलीले फेरि प्रतिगमन गरेकोमाआश्चर्य नमाने हुन्छ ।’ यो संविधानअनुसार पटक पटक प्रतिगमन भइरहने निश्चित भएको ठोकुवा गरे ।

संविधानलाई विश्वकै उत्कृष्ट भनिएकोमा किन समस्या आयो ?भनी महतोले प्रश्न गरे । देशका सबै महत्वपूर्ण एजेन्डालाई फाष्ट ट्रयाकमा राखेर बनाइएको उल्लेख गर्दै सबै जनताले आफ्नो ठान्न नसकेको बताए । केही संभ्रान्तहरुले हित रक्षाका लागि संविधान बनाएको तर्क गरे । उनले भने,‘स्वार्थ पूरा भएनभने संविधानमाथि नै ‘कू’ गर्ने गतिविधि भइरहेको छ ।’

देशमा सातवटा संविधान बनाइसकिएको र पटक पटक ‘कू’ भएको महतोको भनाई थियो । उनले  राणा, राजाहुँदै अहिले बनेको संविधानमा पनि स्वार्थ रक्षा नभएपछि प्रतिगमन गरिएको बताए । उनले भने,‘संविधानमाथि गिरिजा प्रसाद कोइराला र प्रचण्डले पनि प्रतिगमन गरेका थिए, देउवाले पनि प्रतिगमन गरे ।’

उनले  प्रधानमन्त्री ओलीलाई श्री ५ महाराजाधिराज केपी ओली भन्दै चोरमाथि चकार गरेको आरोप लगाए । सरकारले चुनाव गर्न सक्छ ? भन्ने प्रश्नमा उनले चुनावले समस्याको समाधान गर्न नसक्ने बताए । ब्यानर परिवर्तन गर्ने भन्दा स्थायी समाधानमा लाग्नुपर्नेमा उनको जोड थियो ।

महतोले भने,‘अमेरिकामा एउटा संविधान २ सय वर्ष भइसक्यो, भारतमा ६५ वर्ष भइसक्यो । ७० वर्षमानेपालमा सातवटा संविधान बनिसक्दा पनि समस्या के हो ?’ आफूहरुले बहुल राज्य स्थापना गरेर स्थायी समाधान निकाल्ने दाबी गरे ।