काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्डले भारतबाट देशविरुद्ध तानाबाना गरे राजनीतिक शक्तिसंघर्ष कष्टकर हुने चेतावनी दिएका छन्
।
बिहीबार सामाजिक सञ्जालमार्फत पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले श्रीमतीको उपचारका लागि भारतको मुम्बई गएका नेकपा अध्यक्ष प्रचण्डले तानाबाना बुन्ने काम गरेपरिणाम नराम्रो हुने चेतावनी दिएका छन् ।
‘पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको उपचार सफल होस,शुभकामना । तर कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दाहाल फर्के भने राजनीतिक शक्तिसङघर्षले कष्टकर बाटो समाउने निश्चित छ’, उनले भने ।
अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि पुस २० गते भारतको मुम्बई गएका छन् । भारतमा रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरुसँग भेट गरेको आशंका गर्न थालिएको छ । पछिल्लो समय नेकपा फूटको अवस्थामा रहेका बेला प्रचण्डले भारतमा गएर नयाँ राजनीतिक तरंग ल्याउने नेपाली राजनीतिक वृतमा चर्चा छ ।




प्रतिक्रिया