यस्ताे छ शुक्रबारको मौसम पूर्वानुमान

यस्ताे छ शुक्रबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुकाे सामान्य प्रभाव रहे पनि शुक्रबार देशभरकाे माैसम सामान्यतया सफा रहने जनाएको छ।

 प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन्। ‘प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

मौसमविदका अनुसार शुक्रबार राति पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली नै रहने छ। यसबाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने सूचनामा उल्लेख छ।

अहिले बिहान प्रदेश १ को पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ र तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ । बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। हाल भारतको कर्णातक देखि गुजरातमा बनेको न्युन चापिय रेखाको नेपालमा आंशिक प्रभाव रहेको माैसमविदले जानकारी दिएका छन्।