प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनविरुद्ध प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनविरुद्ध प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाको प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशभरबाट विरोधपत्र बुझाउने भएको छ ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत आज ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो । देशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संविधानको पुस्तकका साथ प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक सच्याउन अनुरोध गरिने नेकपा केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

यस्तै प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियूले पनि आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्दैछ ।