काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु का कारण औंल्याएका छन् ।
मन्त्रिपरिषद बैठकमार्फत राष्ट्रियसभाको चालु अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिने, सरकारले अघि बढाएका विधेयक अड्काउने र झमेला सिर्जना गरेका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन् ।
‘संवैधानिक ढंगले, लोकतान्त्रिक प्रणालीका मूल्यमान्यता र अभ्यासका सकारात्मक पक्षलाई लिएर सरकार अघि बढिरहेको थियो तर सरकारलाई काम नै गर्न दिइएन । प्रतिनिधिसभाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्नुपर्ने थियो । नेपाली जनताले दिएको अभिभारा पूरा गर्नुपर्ने थियो । त्यो हुन सकेन’, उनले भने, ‘विधेयक अड्काउने, सरकारका प्रस्ताव निर्णयार्थ नलिने, संविधान बेठीक,६–६ महिनामा सरकार फेरिने अवस्था सिर्जना गरिएपछि संसद विघटन गर्नुपर्ने अवस्था आयो ।’
प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा मात्रै २८० वटा बैठक बसेको र यो अवस्था आइलागेको बताए ।




प्रतिक्रिया