पछिल्लो २४ घण्टामा २५९ संक्रमित थपिए, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २५९ संक्रमित थपिए, ५ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय १३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५८ हजार ४ सय ४१ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १९ लाख ८२ हजार २ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय १७ पुगेको छ ।