प्रधानमन्त्रीलाई प्रचण्ड–माधव नेपालको चेतावनीः पूर्वप्रधानन्यायाधीशलाई नधम्क्याऊ

प्रधानमन्त्रीलाई प्रचण्ड–माधव नेपालको चेतावनीः पूर्वप्रधानन्यायाधीशलाई नधम्क्याऊ


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहले पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले जारी गरेको वक्तव्यलाई लिएर प्रधानमन्त्री ओलीले धम्की दिएको भन्दै आपत्ति जनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न आग्रह गरेका छन् ।

सरकारी सञ्चार माध्यम गुटको रुपमा प्रचार गरेकोमा आपत्ति जनाएको छ । गुटको प्रचार गर्ने काम बन्द गर्न पनि सरकारी सञ्चार माध्यमलाई आग्रह गरेको छ ।