ओली समूहको केन्द्रीय कमिटीमा एक हजार ५०१ जना सदस्य

ओली समूहको केन्द्रीय कमिटीमा एक हजार ५०१ जना सदस्य


काठमाण्डु – नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक एक हजार ५०१ सदस्यीय रहेको प्रष्ट्याएका छन् ।

नेकपाको अन्तरिम विधान संशोधन गरेर केन्द्रीय कमिटी एक हजार ५०१ को पुर्‍याइएको उनले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि पुस ७ देखि ९ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले मनोनीत केन्द्रीय कमिटीका सदस्यहरूलाई अनुमोदन गर्ने निर्णय गरेको थियो ।

नेकपा एकता हुँदा ४४१ सदस्यीय कमिटीको थियो, त्यसमा चारजना पछि थपिएका थिए ।  तीनजनाको मृत्यु भएको थियो । आठजना राजकीय जिम्मेवारीमा छन् ।

९ पुसमा सम्पन्न भएको बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या एक हजार १९९ सदस्यीय पु¥याउने निर्णय गरेको जानकारी दिइएको थियो ।
ओलीले पुस २२ गते अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्र उत्पन्न भएको विवाद र संसद विघटन गर्नुको कारणसमेत प्रष्ट पारेका छन् ।