काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ८०० ले घटेको छ ।
आइतबार दुई हजार ३०० ले ओरालो लागेर ९३ हजारमा कारोबार भएको सुनको मूल्य आज पुनः ८०० ले घटेर प्रतितोला ९२ हजार २०० मा कारोवार भइरहेको नेपाल सुिनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा ९२ हजार ५०० मा कारोवार भएको थियो । आज चाँदी तोलामा ४० रुपैयाँले घटेको छ । आइतबार एक हजार २७० मा कारोवार भएको चाँदी आज भने एक हजार २३० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया