धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादसैँले सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
बुधबार बडादसैँका अवसरमा शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशवासी, दिदीबहिनी, दाजुभाइ तथा आम नागरिकमा सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गरेका हुन् ।
मुख्यमन्त्री भट्टले मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्दै समुन्नत, समृद्ध र आत्मनिर्भर सुदूरपश्चिम प्रदेश निर्माण गर्ने साझा संकल्पलाई चाडपर्वले थप ऊर्जा प्रदान गर्ने उल्लेख गरेका छन् ।


प्रतिक्रिया