काठमाण्डु– नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग को धयानाकर्षग गराएका छन् ।
निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्चमा रहेको विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोग पुगेका प्रचण्ड–नेपालले अदालतको फैसला नहुँदासम्म तत्काल चुनावी गतिविधि रोक्न आग्रह गरेका हुन् ।
अध्यक्षद्धय प्रचण्ड र नेपालले प्रतिनिधिसभा विघटनको मुद्धा न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेकाे नेकपा केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले बताए ।
पार्टी अध्यक्षद्वय प्रचण्ड, नेपालसहित स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, राष्ट्रियसभा सदस्य रामनारायण बिडारी लगायतको समूह निर्वाचन आयोग पुगेको थियो ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली समूह र प्रचण्ड–नेपाल दुबै समूहलाई निर्वाचन आयोगले २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो ।
सरकारले पुस ५ गते संसद विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराएपछि नेकपा दुई भागमा विभाजन भएको छ । तर औपचारिक घोषणा भने गरिएको छैन ।
विभाजनपछि ओली समूह र प्रचण्ड–नेपाल समूहले आफ्नो पार्टी नै वैधानिक नेकपा भएको र सूर्य चिह्न आफ्नो भएको दाबी गर्दै आइरहेका छन् । यस विषयमा निर्वाचन आयोगले भने अध्ययन गरिरहेको छ ।




प्रतिक्रिया