कर्णाली प्रदेशका मन्त्री रावललाई कोरोना सङ्क्रमण

कर्णाली प्रदेशका मन्त्री रावललाई कोरोना सङ्क्रमण


कर्णाली – कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले जानकारी दिए ।

‘कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गराइएको थियो’, उनले भने, ‘चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाण्डु पठाइएको छ ।’

कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।