सिजीका एसिहरुको खरिदमा अब निशुल्क जडानको व्यवस्था

सिजीका एसिहरुको खरिदमा अब निशुल्क जडानको व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै आफ्ना सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गरेर अब देखि सि.जी.का कुनै पनि इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफवाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा निशुल्क जडानको व्यवस्था गरेको छ ।

अब ग्राहकहरुले जडान गर्दा लाग्ने २,५०० बराबरको खर्च जोगाउ सक्ने्छन् । यी एसिहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने छन् भने विजुलीको पनि कम खपत गर्ने गर्दछ । यो जाडो याममा जीवन सरल, सहज बनाउदै विद्युतमा पनि बचत गराउनु यी एसिहरुको विशेष उद्देश्य रहेको छ ।

साथै यी एसिहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाण्डु क्षेत्र भित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था पनि रहेको छ । उच्च प्रविधि र उर्जा बचत गर्ने सि.जी.का एसिहरु ल्याई जडान गर्दा समेत लाग्ने खर्च जोगाई यो जाडोमा न्यानो भएर ढुक्क सङ्ग बस्न कम्पनीले आग्रह गरेको छ ।