द्वन्दले विस्थापित कंगोली जनताको बासस्थान निर्माणमा जुट्दै नेपाली सेना

द्वन्दले विस्थापित कंगोली जनताको बासस्थान निर्माणमा जुट्दै नेपाली सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंगो – अफ्रिकी राष्ट्र कङ्गोमा तैनाथ नेपाली सेनाको इन्जिनियर कम्पनीले ठुलो संख्यामा विस्थापित भएका द्वन्द्व पिडितहरुको लागि छोटो अवधिमा सुरक्षित आवास इन्टरनल्ली डिस्प्लेसड पर्सन को निर्माण गरेर पिडितहरुको चुनौतीपूर्ण व्यवस्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको छ ।

कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर गुल्मले जेठ १९ गतेदेखि अन्तराष्ट्रिय अर्गनाइजेशन अफ माइग्रेसनको अनुरोधमा ७ (सात) हेक्टर जमिनमा बाटो निर्माण, सम्याउने, ड्रनेजलगायतका कार्य गरी बासस्थान निर्माणमा महत्वपूर्ण योगदान गरेको थियो ।

दिजुगु क्षेत्रबाट विस्थापित भएका २०,००० स्थानिय जनताहरुलाई बुनियास्थित मुजिपेला क्षेत्रमा विभिन्न संरचना सहितको बासस्थान निर्माण गरेको थियो ।

यसअघि २०१९ मा पनि उक्त गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसंघको अनुरोधमा १०,००० विस्थापितहरुको लागि आवश्यक संरचनाहरु निर्माण गरेको थियो ।

उक्त कार्यको युएन डिमार्टमेन्ट अफ पिस अपरेशनका प्रमुख जीन पियरि ल्याक्रोस मोनुस्को फोर्स एचक्यू, हेड अफ दि अफिस फोर्स कमाण्डर स्थानीय जनता, इतुरी प्रान्तका गभर्नर जिन बामानिसा साइदीलगायतबाट प्रशंसा भएको छ ।

नेपाली सेनाको इन्जिनियर गुल्म २३ औं डफ्फाको गुल्मपति प्रमुख सेनानी अर्जुन अधिकारी थिए भने हाल २४ औं डफ्फाका गुल्मपति प्रमुख सेनानी सुरेश थापा रहेका छन् ।