लोडसेडिङ मैले हटाएँ जस कुलमान र जनार्दन शर्माले लिएः ऊर्जामन्त्री रायमाझी

लोडसेडिङ मैले हटाएँ जस कुलमान र जनार्दन शर्माले लिएः ऊर्जामन्त्री रायमाझी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आफ्ने अघिल्लो कार्यकालबाट नेपालमा लोडसेडिङ अन्त्य गरेको दाबी गरेका छन् ।

रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले अघिल्लोपटक ऊर्जामन्त्री हुँदा लोडसेडिङ हटाउन आफैंले योजना बनाएको तर त्यसको जस कुलमान र जनार्दन शर्माले लिएको बताएका हुन् ।

त्यस्तै मन्त्री रायमाझीले एमसिसिबारे लागू गर्ने वा नगर्ने तत्काल निर्णय गर्नुपर्ने उल्लेख गरेका थिए । उनले भने, ‘अब ढिलाई गर्नुहुन्न, एमसिसी कि खारेज गरौं, कि लागू गरौं । अब अलमलको अवस्थामा बस्नु हुँदैन । म घनिभूत छलफल गरिरहेको छु, छिट्टै निर्णयमा पुग्छु ।’

उनले पार्टी फुटको सन्दर्भमा प्रचण्डहरुले जनयुद्धको लिगेसी छोडेका कारण आफू केपी शर्मा ओली समूहतिर लागेको बताए ।

आफूहरु जनयुद्धको मर्म र भावनासम्बत रहेको बताउँदै उनले जनयुद्धको लिगेशी छोडेकै कारण बाबुराम, बैद्य, विप्लव हुँदै रामबहादुर थापा, मणि थापा, आफू लगायतले प्रचण्डलाई साथ नदिएको बताएका हुन् ।

उनले सरकारलाई अप्ठारोमा पार्ने र सरकारविरुद्ध मोर्चाबन्दी गर्दै सडकबाट सरकार ढाल्ने चेतावनी दिएपछि देश अस्थिर बन्ने संकेत देखिएकोले संसद विघटन गर्नुपरेको भन्दै जनतामा जाने कुरा नै संविधानसंवत हुनेसमेत जिकिर गरे ।

औषत आयू ५ बर्षभएपनी कहिलेकाहीँ औषत आयूभन्दा अगाडी मानिस मर्ने उदाहरण प्रयोग गर्दै उनले संसद विघटनलाई त्यही रुपमा हेर्न आग्रह गरे । मन्त्री रायमाझीले संसद पुनस्थापर्ना नहुने दाबी गर्दै चुनाव समयमै हुने जिकिर गरेका थिए ।