प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । संसद विघट विरुद्ध सर्वोच्चमा परेको मुद्दाको संवैधानिक इजलासबाटै निरन्तर सुनुवाइ हुने भएको हाे । माघ ४ गतेबाटै यो मुद्दाको निरन्तर सुनुवाइ हुने सर्वोच्चले आदेश दिएको छ ।

रिट निवेदकहरुले बृहत इजलासमा लैजान माग गरेका थिए । ‘प्रस्तुत रिट निवेदन संवैधानिक इजलासको क्षेत्राधिकार भित्रको नभएकोले बृहद पूर्ण इजलासबाट सुनुवाई गरी पाउँ’ भन्ने द.नं. ४४९९ मिति २०७७। ९ । २२ को निवेदन पेश भयो। प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकोले निवेदकको मागबमोजिम गर्नु परेन आदेशमा भनिएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा वृहत् पूर्ण इजलासमा सुनुवाई होस भन्ने रिट निवेदकको मागलाई सर्बोच्च अदालतले अश्वीकार गरेको हो ।