प्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्ने प्रचण्ड–नेपाल समूहको निर्णय, पौडेललाई महासचिवबाट हटाइयो

प्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्ने प्रचण्ड–नेपाल समूहको निर्णय, पौडेललाई महासचिवबाट हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री अ‍ोलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

पार्टीहित विपरित कार्य गरेको भन्दै बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए । त्यस्तै बैठकले विष्णु पौडेललाई पार्टीको महासचिवबाट हटाउने निर्णय गरेको छ ।

पार्टीको नीतिविपरितका कार्यमा संलग्न भएको भन्दै हटाउने निर्णय गरिएको उनले जानकारी दिए । गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।