शनिबार थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ४७७ डिस्चार्ज

शनिबार थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ४७७ डिस्चार्ज


काठमाण्डु – पछिल्लाे २४ घण्टामा देशभर २४० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । काेराेना संक्रमणबाट थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १९५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४७७ जना डिस्चार्ज भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४ पुगेको छ।