काठमाण्डु – वि.सं. २०७७ साल माघ ०४ गते । आइतबार । इस्वी सन् २०२१ जनवरी १७ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेटमा ।
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) विवादित विषयको उठान नगर्नुहोला, आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइलेखाइमा मन नजाँदा अरूभन्दा पछि परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरे पनि नाफा कमाउन केही समय कुर्नुपर्नेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्य धन तथा सम्पत्ति कमाउन सकिनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) नयाँ योजना बनाउन सकिने भए पनि सरकारी स्तरबाट सहयोग नपाइँदा लागू गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा तत्काल लगानी गरिहाल्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनु होला ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) पढाइलेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेको छ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेम प्रसङ्गमा एकअर्काबीच नजिक हुने तथा रमाउन सकिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला । अप्रिय घट्ना हुन्न भन्न सकिन्न । माया प्रेममा अविस्वास बढ्ने तथा पतिपत्नीबीच एकअर्कालाई शङ्काको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला पेटसम्बन्धी समस्या नआउला भन्न सकिन्न ।
बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहको छ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलार्ई सजिलै हराउन सक्नेछन् भने पढाइलेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । अदालती निर्णयहरु तपार्ईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) सामान्य छातीसम्बन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पुर्याउन सक्छन्, ध्यान दिनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् भने पछि पश्चाताप हुनेछ । पढाइलेखाइमा ध्यान नदिए अरूभन्दा पछि परिनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) कर्म प्राप्तिका लागि लामो दूरीको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिँदैन । व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुँदा थप काम गर्न जागर हराएर जानेछ ।




प्रतिक्रिया