चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुल्यो, परीक्षा फागुन ९ र १० गते

चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुल्यो, परीक्षा फागुन ९ र १० गते


काठमाण्डु – नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्माण्पत्र परीक्षा (लाइसेन्सको परीक्षा फगुन ९ र १० गते हुने भएको छ ।

नेपाल मेडिकल काउन्सिलले आइतबार एक सूचना जारी गर्दै माघ ५ गते सोमबारबाट अनलाइन फाराम खुला गरेको जानकारी दिएको छ ।

काउन्सिलले माघ ५ गतेदेखि २४ गतेसम्म नियमित र २५ र २६ गते थप शुल्कसहित फाराम बुझाउन सकिने जनाएको छ । फाराम काउन्सिलको वेबसाइट www.examnmc.org.np मा गएर भर्न सकिनेछ ।

अनलाइन फाराम भर्ने र बुझाउने व्यवसथ २४ घण्टा नै खुल्ला गरिएको काउन्सिलले जनाएको छ । परीक्षा काठमाण्डुमा नै सञ्चालन गरिनेछ ।