पररास्ट्रमन्त्रीलाई बोलाएपछि भारतका प्रधानमन्त्रीले भेट्न नदिनु अशोभनीय घटना होः अध्यक्ष लोहनी

पररास्ट्रमन्त्रीलाई बोलाएपछि भारतका प्रधानमन्त्रीले भेट्न नदिनु अशोभनीय घटना होः अध्यक्ष लोहनी


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुलाई सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय भएको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष लोहनीले नेपालजस्तो मित्र देशको परराष्ट्रमन्त्रीलाई औपचारिक भ्रमणमा बोलाएर भारतीय प्रधानमन्त्री मोदीले भेटसम्म नदिनु सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय अशोभनीय घटना भएको बताएका हुन् ।

‘नेपालजस्तो मित्र देशको पररास्ट्रमन्त्रीलाई औपचारिक निमन्त्रणमा बोलाएपछि भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले भेट्न नदिनु सामान्य शिष्टाचारको हिसाबले पनि अशोभनीय घटना हो । यस्तो किन भयो ? नेपाल र भारत दुवै ले सोच्नु पर्यो’, अध्यक्ष लोहनीले लेखेका छन् ।

त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्न संविधानको कुनै दफा उल्लेख गर्न नपर्ने घोषणा गरेको विषयमा आपत्ति जनाएका छन् । अध्यक्ष लोहनीले संसद संविधानका प्राबधान अनुसार गठन हुने र यसको बिघटन पनि संविधानको प्राबधान अनुसार नै हुनुपर्ने बताए ।

‘कुन अवस्था मा संसद बिघटन गर्न सकिन्छ भनेर हाम्रो संविधानमा पनि लेखिएको छ । सरकार बन्न नसक्ने अवस्था आएमा धारा ७६ को उपधारा ७ बमोजिम संसद बिघटन गर्न पाईन्छ तर अहिले त बहुमतको सरकार छ,’उनले भनेका छन्, ‘त्यस कारण संबिधान मान्ने हो भने संसद बिघटन गर्न पाइदैन । यो कुरालाई ओलीजीले नजर अन्दाज गरेको देख्दा अब नेपालमा ‘नौलो हुकुमी न्याय शास्त्र’ सुरु भए जस्तो छ । आशसा गरौं अदालतले संविधानको प्रावधानलाई बिर्सने छैन र आफ्नो एतिहासिक जिमेवारी प्रति सजग हुनेछ ।’