काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डसँग सुरुदेखी सहकार्य रहेको विषय आपत्ति जनाएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत नेकपा ओली समूहका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले माधव नेपालले जारी गरेको निर्देशनअनुसार तत्कालिन माओवादीको राजनीतिक प्रतिवाद गर्दा यदु गौतमलगायत ५ सय जनाले बिलादनी दिएको स्मरण गरेका छन् ।
उनले प्रचण्डलाई शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक विषय भएको बताएका हुन् । मुख्यमन्त्री पोखरेलले माओवादी नेता प्रचण्डसंगको सहकार्य रहेको हो भने पार्टीविरुद्धको घात भएन र कमरेड ? भन्दै प्रश्न गरेका छन् ।
‘माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतम् लगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो । तर आज तपाई कमरेड प्रचण्डसंग सुरुदेखिनै सहकार्यमा रहेको दावीगर्दै हुनुहुन्छ । शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?’, उनले भने ।
त्यस्तै उनले शान्तिप्रकृयामा प्रवेश पछि सबै सहकार्यमा होइन एकतामा नै बाधिएको बताएका छन् । ‘तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ?यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?’ उनको भनाई छ ।
‘विधि र पद्धतीमा जोड दिने तपाईले अहिले प्रचण्डसंगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरित नवोलेको भए हुन्थ्यो । शान्तिप्रकृयामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौं,’ उनले भने, ‘त्यो भन्दा पहिले लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?’




प्रतिक्रिया