युवा संघलाई प्रचण्डको निर्देशनः आक्रोशसहित आन्दोलनमा जानूस् !

युवा संघलाई प्रचण्डको निर्देशनः आक्रोशसहित आन्दोलनमा जानूस् !


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई सफल पार्न युवा संघलाई निर्देशन दिएका छन् ।

आइतबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्धको आन्दोलनलाई सफल पार्न निर्देशन दिएका हुन् ।

‘आवेश र आक्रोशसहित आन्दोलनमा जानूस्’, उनले भने ।