काठमाण्डु – वि.सं. २०७७ साल माघ ०५ गते । सोमबार । इस्वी सन् २०२१ जनवरी १८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेटमा ।
मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) पढाइ लेखाइमा मन जानेछ भने बैङ्किङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ, सजग रहनुहोला । अस्वाभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मानसम्मान तथा इज्जत प्रतिष्ठामा व
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु, टे) धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईंको गतिलो उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ ।अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) विवादित विषयहरुको निर्णय तपार्ईं आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेको छ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवनसाथीको सहयोग नपाउँदा कामहरु थाँती रहनेछन् । पढाइलेखाइ अधुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना हुन सक्छ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रसङ्मा रमाउने चाहनेहरुका लागि समय मध्ययम रहेको छ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) आत्मीय मित्र तथा दाजुभाइहरुको सहयोग पाइने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेममा रमाउन चाहानेका लागि समय राम्रो रहेको छ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) पढाइलेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाइलो यात्रा हुनेछ । धर्मकर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ। प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाइलो गर्न सक्नेछन् ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) आत्मविश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।




प्रतिक्रिया