काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारकाे मौसम पूर्वानुमान गरेकाे छ । हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भू-भागमा मौसम आंशिक बदली रहने भएको छ।बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
सोमबार राति केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका हुन्। विशेष गरी देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लागेकाे छ ।




प्रतिक्रिया