काठमाण्डु – लगानी बोर्डले अटोमेटिक वानस्टप सर्भिस सेन्टर (एकलबिन्दु सेवा केन्द्र) सञ्चालनमा ल्याउने भएको छ ।
स्वदेशी तथा विदेशी लगानीकर्तालाई अन्तरसरकारी निकाय धाउनुपर्ने बाध्यताको अन्त्य गर्न एकलबिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको लगानी बोर्डका सहसचिव धमेन्द्रकुमार मिश्रले जानकरी दिए ।
उनले भने, ‘कुनै पनि लगानीकर्ता आफ्नो काम गर्नको लागि कम्तीमा पनि १५ देखि १७ वटा सरकारी निकाय धाउनुपर्ने अवस्था छ, लगानीकर्तालाई सहज र सुलभ सुविधा दिनको लागि यो सेवा सुचारु गर्न लागेका हौं ।’
अहिले नेपालका परियोजनामा लगानी गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्ताले उद्योग वाणिज्य मन्त्रालय, वाणिज्य विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत धेरै निकायमा धाउनुपर्ने बाध्यता छ ।
बोर्डको कार्यालयले सम्भवतः तीन महिनाभित्रै वेबपोर्टलमार्फत एकलबिन्दु सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ ।




प्रतिक्रिया