आदिवासी जनजाति सञ्जालद्धारा चेपाङ समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण

आदिवासी जनजाति सञ्जालद्धारा चेपाङ समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण


काठमाण्डु – ‘आदिवासी जनजाति बिकासका लागि सञ्जाल’ नामक संस्थाले धादिङका अति सिमान्तकृत चेपाङ समुदायका विद्याथीहरुलाई चिसोमा न्यानो कपडा वितरण गरेको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० ताक्थलीस्थित जलकन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई हिजो अर्थात ४ गते वडा अध्यक्ष अम्मर बहादुर गुरूङको प्रमुख आथित्यमा ६५ जना विद्यार्थी र शिक्षकशिक्षिका गरि ७३ जनालाई एक कार्यक्रम गरि न्यानो कपडा वितरण गरिएको हो ।

सो विद्यालयमा चेपाङ समुदायका बालिबालिका मात्र अध्ययन गर्छन । कार्यक्रममा वडा अध्यक्ष गुरुङ लगायत स्कुल सञ्चालक समितिका अध्यक्ष तथा वडा सदस्य, स्कुलका शिक्षक शिक्षिका लगायतको उपस्थिती रहेको थियो ।

न्यानो कवडासहित शिशु कक्षामा अध्ययन गर्ने साना बालबालिकालाई भुईँमा ओछ्याउने म्याट पनि वितरण गरिएको थियो ।

आदिवासी जनजाति बिकासका लागि सञ्जाल’ नामक संस्थाकी अध्यक्ष सावित्री चेपाङ, लगायत निर्मला भुजेल, सुदिप ठकुरी, संगित भुजेल, टंक तामाङ, सुमिन गुरुङलगायतले कार्यक्रमस्थलसम्म पुगेर सो सामग्री वितरण गरेका हुन् ।