काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको चीर हरण हुँदा चुप लागेर नबस्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत नेता पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । उनले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न नमिल्नेसमेत बताएका छन् ।
‘लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन । त्यसैले संबिधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ’, उनले भने, ‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न सुहाउँदैन ।’




प्रतिक्रिया