काठमाण्डु – हुम्लाको अदानचुली गाउँपालिमा नेकपा प्रचण्ड–नेपाल समूह र केपी ओली समूहबीच कुटाकुट भएको छ ।अदानचुली गाउँपालिका वडा १ मा कमिटी पुर्गठन गरेको विषयमा नेकपाका दुई समूहबीच कुटाकुट भएको हो ।
कमिटी पुनर्गठन गरेर फर्कने क्रममा ओली पक्षका वडाध्यक्ष रंग थापामाथि प्रचण्ड–नेपाल समूहले आक्रमण गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।
प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापाको टाउको र मुखमा चोट लागेको गाउँपालिका अध्यक्ष फडेराले जानकारी दिए ।
प्रतिनिधिसभा विघटन भएसँगै विभाजित सत्तारूढ नेकपाका ओली र दाहाल–नेपाल समूहका कार्यकर्ताबीच झडप हुन थालेको छ ।




प्रतिक्रिया