रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी


काठमाण्डु – काठमाण्डुको सोल्टिमोडमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।

सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको हो । आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागिपरेका छन् । अपार्टमेन्टमा रहेकाहरुको उद्दार कार्य जारी छ ।

आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डुका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।