प्रेस सङ्गठनको दोस्रो भेला माघ ८ गते, प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रेस सङ्गठनको दोस्रो भेला माघ ८ गते, प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाण्डु – प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाण्डुमा गर्ने निर्णय गरेको छ ।

सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्यलाई एकताबद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ भेलाको आयोजना गरेको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पार्टीका शीर्ष नेताको विशेष आतिथ्यतामा हुने भेलामा सङ्गठनका अगुवा, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, पूर्वपदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, सङ्गठनबाट नेपाल पत्रकार महासङ्घमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्वपदाधिकारी, जिल्ला/प्रतिष्ठान र एसोसिएट शाखाका संयोजक/सहसंयोजक सहभागी हुने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैठकले सङ्गठनको एकताप्रति प्रतिबद्ध रही फुट र गुटबन्दीमा नलाग्न देशभरका सम्पूर्ण सदस्यलाई अपिल गरेको छ ।