पछिल्लो २४ घण्टामा ३२२ संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३२२ संक्रमित थपिए, ६ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ७४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ६१ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म २० लाख १६ हजार ७ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ६५ पुगेको छ ।