काठमाण्डु – ललितपुरमा एक दम्पती मृत अवस्थामा फेला परेको छ । ललितपुरको चाँगाथलीमा सप्तरीको राजबिराज नगरपालिका ३ का ३२ वर्षीय सागर पोखरेल र उनकी २० वर्षीया श्रीमती निर्मला खनाल (पोखरेल) मृत अवस्थामा फेला परेका हुन् ।
उनीहरु बाबु आमासहित रमेश खड्काको घरको भुई तलामा फ्ल्याट भाडामा बस्दै आएका थिए । कोठाको भित्रबाट चुकुल लगाएको प्रहरीले जनाएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत सातदोबाटोबाट प्रहरी अधिकृत समेतको टोली पुगेको थियो ।
घटनास्थलमा सेल्फस नामक बिषादीको खाली बट्टा २ वटा र वान्ता गरेको अवस्थामा उनीहरुको शव फेला परेको ललितपुर प्रहरीले जनाएको छ । घटनको विषयमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया