काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ४१ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ६२ हजार २ सय ५९ जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म २० लाख २१ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ६९ पुगेको छ ।




प्रतिक्रिया