टिचिङ अस्पतालको कोभिड आइसीयूमा कार्यरत डाक्टर कुटिए

टिचिङ अस्पतालको कोभिड आइसीयूमा कार्यरत डाक्टर कुटिए


काठमाण्डु – काठमाण्डुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसीयूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ ।

कोरोना संक्रमण देखिएपछि कोरोना आइसीयूमा भर्ना गरिएका ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि उनका आफन्तले आक्रोशित हुँदै आइसीयूमा कार्यरत डाक्टर डाक्टर सविन भण्डारीमाथि कुटपिट गरेका हुन् । गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाण्डु ल्याइएको थियो ।

उनलाई उपचारको क्रममा भाइरल इन्फेक्सनको शंका लागेपछि इन्फ्लुएञ्जाको परीक्षणको लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । टेकुमा गरिएको इन्फ्लुएञ्जाको रिपोर्ट नेगेटिभ आएपछि उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेजिभ आएको थियो ।

शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासका अनुसार अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा नस्वीकारेको र ड्युटीमा खटिएको चिकित्सकलाई नै हातपात गरेका हुन् ।

अहिले मृतकको शव अस्पतालमै राखिएको छ । बिहानको घटनापछि भने महाराजगञ्ज प्रहरी कार्यालयले चिकित्सकमाथि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको छ ।