नागरिक एपको समस्या हटाउन अर्को एप बनाउन सुरु

नागरिक एपको समस्या हटाउन अर्को एप बनाउन सुरु


काठमाण्डु – नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ ।

धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली विकाश गर्न लागिएको गृह मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

‘नागरिकताको विवरण मिलेन भन्ने धेरै गुनासो आएका कारण गुनासोलाई द्रुतरुपमा सम्बोधन गर्न हामीले अनलाइन प्रणाली विकाश गर्न लागेका छौं,’ सूचना अधिकारी प्रेमलाल लामिछानेद्धारा जारी सूचनामा भनिएको छ ।

नयाँ प्रणाली बनेपछि नागरिकतामा भएका कमजोरी घरमै बसेर सच्याउन सकिने मन्त्रालयले जनाएको छ । नेपाल सरकारले गत माघ २ गते सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी नागरिक एप सार्वजनिक थियो ।