३० मिनेटभित्र बहस सक्न वकिलहरुलाई प्रधानन्यायाधीश जबराको रुलिङ

३० मिनेटभित्र बहस सक्न वकिलहरुलाई प्रधानन्यायाधीश जबराको रुलिङ


काठमाण्डु – संसद विघटनविरुद्धको रिटमाथिको सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले बहसका क्रममा कानून व्यावसायीहरुले धेरै समय लिन थालेपछि समय नै तोकिदिएका छन् ।

उनले बुधबार बहस सुरु हुनुपूर्व एक जनाले बढीमा ३० मिनेटभित्र बहस गरिसक्नुपर्ने रुलिङ गरेका हुन् । प्रधानन्यायाधीश जबराले यसअघि बोल्ने वकिलहरुले अनवाश्यक रुपमा समय बर्बाद गरेको भन्दै तोकिएको विषयमा मात्रै बोल्ने गरी समय निर्धारण गरेका हुन् ।

वकिलहरुले तीन घण्टादेखी ५ घण्टासम्म लगातार बोलेपछि अन्यको पालो नआउने भन्दै प्रधानन्यायाधीश जबराले समय छोट्याउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमाथि लगातार सुनुवाई भइरहेको छ । उक्त मुद्दा हेर्न लागि प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास गठन गरेका थिए । उक्त इजलासमा प्रधानन्यायाधीशतसहित  विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर के सी रहेका छन् ।