केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा

केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा


काठमाण्डु – ईओएल प्रालि, नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल गरी दुई आर.ओ.मोडेल नेपाली बजारमा ल्याएको छ । स्वछ पिउने पानी सबैको जरुरी बन्दै गएको भन्दै सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा ल्याएको हो ।

केन्ट सुप्रीम लाइट

केन्ट सुप्रीम लाइटमा केन्टको खनिजआर.ओ. टेक्नोलोजी र टीडीएस नियन्त्रकको साथ छ । यस शुद्धीकरणले तपाईंको परिवारलाई पानीबाट हुने रोगहरूबाट जोगाउँदछ । पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ । केन्ट सुप्रीम लाइट सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त हुन्छ ।

यसमा भएको आर.ओ. + यु.एफ.+ टीडीएस नियन्त्रणको बहु–शोधन प्रक्रियाले पिउने पानीलाई १००% शुद्ध र पिउन योग्य बनाउँदछ । यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानीपिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्दछ ।

केन्ट सुप्रीम लाइट पूर्ण स्वचालित स्वतः अन र अफ (बन्द)कार्यक्षमताको साथ आउँदछ । शुद्धीकरण स्वचालित रूपमाबन्द हुन्छ जब भण्डारण ट्याङ्की भरिन्छ र पुनः सुरु हुन्छ जब पानीको स्तर अधिकतमभन्दातल खस्दछ ।

केन्ट सुप्रीम लाइटको बजारको मूल्य २१,९९० रहेको छ ।

केन्ट ग्रान्ड प्लस अल्कलाइन

केन्ट ग्रान्ड प्लस अल्कलाइनले १००% शुद्ध र खनिजयुक्त शुद्ध पानी प्रदान गर्दछ जसमा केन्टको खनिज आर.ओ. टेक्नोलोजी रहेको छ । नेपाली घरहरू र कार्यालयहरूको लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त छ ।

केन्टको उत्कृष्ट अल्कलाइन आर.ओ. प्यूरीफायरले तपाईंको पानीको पी.एच.स्तरकायम राख्दछ । यसले पानीको पी.एच. स्तर ८.० देखि ९.० को बीचमा समायोजन गरेर पानीलाई क्षारीय बनाउँदछ ।

केन्ट ग्रान्ड प्लस अल्कलाइन इन–ट्याङ्कयु.भी. कीटाणुशोधन सुविधाको साथ सुसज्जित छ । भण्डारण ट्याङ्कीमा यु.भी. एल.ई.डी.ले लामो समयको लागि पानी शुद्ध राख्दछ ।

केन्ट ग्रान्ड प्लस अल्कलाइनको बजारको मूल्य २९,९९० रहेको छ ।

केन्ट आर.ओ. प्युरिफायरहरूलाई डब्ल्यूक्यूएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ । साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ ।

केन्टका पानीप्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।