माधव नेपाल छिट्टै जेल जानेवाला छन्ः कर्ण थापा

माधव नेपाल छिट्टै जेल जानेवाला छन्ः कर्ण थापा


बझाङ – नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज कर्णबहादुर थापाले माधव नेपाल छिट्टै जेल जाने दाबी गरेका छन् । नेता थापाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल मुख्य दोषी रहेको भन्दै उनी चाँडै जेल जाने दाबी गरेका हुन् ।

बझाङमा ओली समूहको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा बोल्दै नेता थापाले तत्कालीन समयमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्न दीप बस्न्यातले उठाएको टिप्पणीमा तत्कालीन प्रधानमन्त्री नेपालसँग पटक–पटक छलफल गरिएको कुरा लिखित रूपमै उल्लेख भएकाले नेपाल उक्त प्रकरणमा मुख्य दोषी रहेकोले चाँडै जेल जाने बताएका हुन् ।

‘हेर्नुहोला माधव नेपाल छिट्टै जेल जानेवाला छन्, त्यही काम गरेका दीप बस्न्यात जेल जाने, गच्छदार दोषी हुने अनि माधव नेपाल किन नजाने ? उनले प्रश्न गर्दै भने, ‘त्यो लिखत आवश्यक परे जनतालाई बाँड्न तयार छौँ ।’

उनले तत्कालीन माओवादी लडाकुको विषय छानबिन हुने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि कारबाही हुने बताए ।